१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ऐँठनलाई मदन र टकेवीरलाई जगदम्बा श्री पुरस्कार



२९ असोज । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ र जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिएको छ।

पूर्वघोषित निर्णय अनुसार सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरे।

ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि ऐलानी उपन्यास बजारमा ल्याएका थिए। ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु समेटेका छन्।

जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन्।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको नगद राशी समान चार लाख रुपैयाँ छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ३१ बजे