१ कात्तिक । भारतले नेपालका लागि कोटा तोकेर चामालको निर्यात खुला गरेको छ । भारतको वाणिज्य विभागले निकालेको सूचनामा नेपालका लागि ९५ हजार टन चामल निर्यातको अनुमति दिइएको छ ।
यो चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्ता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाएको थियो । भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो । भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।
प्रतिक्रिया