९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित



२ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिनए । यस्तै, कप्तान रोहित पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे । यसैगरी, कुशल भुर्तेलले ८, सन्दिप जोराले ३ र कुशल मल्लले १ रन जोडे ।

हङकङका लागि इसान खानले ३ र यासिम मुर्तजाले १ विकेट लिए । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रनको योगदान दिए । यस्तै, जिसन अलीले १७, अदित गोरावाराले ८ र एजाज खानले ७ रनको योगदान दिए ।
हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि करण केसी एक्लैले चार विकेट लिए । यस्तै, सोमपाल कामी र अविनाश बोहोराले समान २-२ तथा कुशल मल्ल र मौसम ढकालले १-१ विकेट लिएका थिए ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : ४२ बजे