२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बीरगंज कृषि औजार कारखाना सञ्चालन गर्ने बैज्ञानिक महाविर पुनको अठोट



 

३ कात्तिक । ‘सिक र कमाऊ’ परियोजनामार्फत इजरायल पुगेका नेपालीहरु हमासको आक्रमणमा परेर मृत्यु भएपछि वैज्ञानिक महाविर पुनले बीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गरेर अनुसन्धान शाखा सुरु गर्ने उद्घोष गरेका छन् ।


उनले सामाजिक सञ्जालमार्फत कारखाना दुई सिफ्ट चलाउन सके २ सय नेपालीलाई रोजगारी दिन समेत सकिने उल्येख गरेका छन् ।
एनले यहाँ प्रसस्त जमिन भएको हुँदा विद्यार्थीलाई सिक्न र कमाउन सझिलो हुने बताएका छन् ।
उनले राजधानीको किर्तिपुरमा राष्ट्रिय आविस्कार केन्द्र खोलेर विभिन्न अनुसन्धानको काम गरिरहेका छन् ।

उनले लेखेको जस्ताको तस्तै

इजरायलको दुखद घटना बाट सिक्नु पर्ने पाठ – “सिक र कमाऊ“ जस्ता एउटा कार्यक्रम नेपालको बीरगंज कृषि औजार कारखाना भित्रै सृजना गर्न सकिन्छः
इजरायलमा १० जना नेपालीहरुले “सिक्न र कमाउन“ को लागि जाँदा ज्यान गुमाउनु परेको दुखद समयमा एक पटक मन निकै दह्रो गरेर बीरगंजको कृषि औजार कारखाना लाई जसरी भए पनि पूर्ण रुपमा संचालन गर्ने अठोट मैले गर्दछु र सबैले गम्भीर भएर सोचौं । बीरगंजको त्यो कारखानामा कम्तिमा दुई शिफ्ट चलाउन सकियो भने पनि कम्तिमा २०० जनाले पक्कै पनि रोजगारी पाउने छन् । त्यसको साथै त्यो कारखाना भित्र सिक्न र अनुसन्धान गर्ने एउटा राम्रो अनुसन्धान शाखा जसरी भए पनि खोलेर कृषि क्याम्पस पढ्ने बिद्यार्थीहरु र किसानहरुको लागि नयाँ नयाँ प्रबिधि सिक्ने बाताबरण बनाउने पनि प्रयास गरिनेछ । त्यसो गर्न त्यहाँ प्रसस्त जमिन छ ।
“सिक र कमाउ“जस्ता कार्यक्रम नेपालमा नै बनाउन सकियो भने भविष्यमा यस्तो दुखद घटना घट्ने छैन । कुरा बुझ्नु भो ???

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ११ बजे