२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ओमोलाजा करिम ललितपुरमा अनुबन्ध



१३ कात्तिक । ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि नाइजेरियन रक्षक ओमोलाजा करिम नुरेनलाई अनुबन्ध गरेको छ ।

ललितपुरले पहिलो विदेशी खेलाडीको रूपमा करिमलाई भित्र्याएको हो । करिमले मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खलेका थिए ।

रक्षक अनन्त तामाङ मार्की खेलाडी रहेको टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका इयान एन्ड्रयु गिलान छन् ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुरको टोली:

अनन्त तामाङ (मार्की) सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाङबे, विवेक पौडेल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पाहारी, विशाल सुनार, प्रवेश कुँवर, अनिल राई, करण रावत, सञ्जीत राई, विजय श्रेष्ठ, ओमोलाजा करिम नुरेन

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।