९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल ओमनसँग पराजित



१६ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल ओमनसँग हारेको छ । टियु क्रकेट मैदानमा १४६ रनको लक्ष्य पछ्याएको नेपाल पूरै ओभरमा सबै विकेट गुमाउँदै ५ रनले पराजित भएको हो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलमा पाँच छक्काको मदतमा उक्त योगफल तयार पारेका हुन् । यस्तै ओपनर कुशल भुर्तेलले १८ बलमा ३ छक्का र एक चौकाको मद्दतमा २६, करण केसीले ११ बलमा एक चौका तथा एक छक्काको मद्दतमा १५ रन बनाए ।

रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२ रन बनाउँदा कुशल मल्ल १०, आसिफ शेख ५, गुल्सन झा तीन, सन्दीप लामिछानले दुई तथा अविनाश बोहरा एक रनमा अविजित रहे ।

ओमनका बिलाल खानले तीन, शाकील अहम्मद, मेह्रान खान र अकिब इल्यासले दुई÷दुई तथा जिशन मक्सूदले एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमनका लागि जिशन मक्सूदले सर्वाधिक ३२ रन बनाए । कश्याप प्रजापति ८, प्रतिक अथवालेले २४, अकिब इल्यासले २, आयान खानले १८, नसीम खुशीले २५ तथा शाकील अह्मीद २२ रनमा अविजित रहे भने कलीमुल्लाहले ५ रन जोडे । नेपालका करण केसीले तीन विकेट लिए ।

सोमपाल कामी, सन्दीप लामिछाने समान दुई विकेट लिए भने गुलसन झा र अविनाश बोहराले एक/एक विकेट लिए ।

याे हारसँगै नेपाल समूह ए काे उपविजेतामा सीमित बनेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ३६ बजे