१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई



गोदावरी (ललितपुर)
१८ कात्तिक । ललितपुरको जावलाखेलमा जारी गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।

“जावलाखेल खेलमैदान ललितपुरमा जारी १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कात्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ”, फ्लोरिकल्चर एसोसिएसन नेपालले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “आइतबारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भूकम्पपीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँछौँ ।”

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन (शुक्रबार) सम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने रु ७७ लाखभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।