७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने



काठमाडौँ
१९ कात्तिक । आइसिसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।