८ मंसिर । ललितपुरको पुल्चोकमा कार्यालय खडा गरेर वित्तीय कारोबार गरिरहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले यही पुस मसान्तभित्रै २३औं र २४औं वार्षिक साधारण आयोजना गर्ने तयारी गरेको छ ।
सहकारीले आ.व. ०७८\०७९ को खुद मुनाफा रकमबाट ८ प्रतिशत र आ.व. ०७९\०८० को खुद मुनाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सहकारीले साधारण सभाको मिति भने तोकेको छैन ।
नेपालको वित्तिय बजारमा देखिएको उच्च तरलताको समस्यालगायत कारण यस संस्थाले गतबर्ष २३औं वार्षिक साधारण सभा आयोजना सकेको थिएन ।
विद्ययमान अवस्थामा वित्तिय क्षेत्रमा परेको प्रभावको बाबजुद यस संस्थाका शेयरसदस्यहरुले संस्था प्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमुल्य सम्पत्तिको रुपमा लिएको संस्थाले बताएको छ ।
श्री लाली गुराँस सहकारीले सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाएको छ ।
संस्थाको आ.व. ०७९÷०८० सम्म करिब ९ अर्बको कुल करोबार गरेको थियो ।
सहकारीले चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग” संचालन गरेको छ ।
प्रतिक्रिया