२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


देउराली सहकारीको रकम हिनामिनामा १४ जना दोषी



१२ मंसिर । ललितपुरको सातदोवाटोमा कार्यालय खडा गरेर सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनामा १४ जना संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले प्रतिवेदन बुझाएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाउदै काभ्रेको चौँरी देउरालीका रविन्द्र चौलागाई,सहकारीका ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसीसहित १४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको हो ।
प्रहरी अधिकारीका अनुसार ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ हिनामिना भएको प्रतिवेदनमा उल्येख छ ।
सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं गत असोज १५ गते बचतकर्ताको रकम हिनामिनाको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले केही समयपछि सहकारीका ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी समेत पक्राउ गरेर थुनामा राखेको थियो ।
अध्यक्ष सहित सहकारीका अधिकारीहरु पक्राउ परेपछि बचतकर्ताहरुलाई बचत मागदाबी सहित निवेदन दिन आह्वान गरिएको थियो । सीआईबीमा ५ सय ५० जना निक्षेपकर्ताले दर्ता गराएका २ सय १ वटा उजुरीको आधारमा २ अर्ब २० करोड ९२ लाख निक्षेप जोखिममा परेको प्रतिवेदनमा उल्येख छ ।
अध्यक्ष चौलागाईले चढ्ने गरेको टोयोटाको ल्याण्डक्रुजर ‘टि एक्स’ गाड २ करोड ८३ लाख मूल्यको गाडी समेत प्रहरीले बरामद गरेको छ । अध्यक्ष चौलागाईले सहकारीको रकमबाट े १ सय २ रोपनी जग्गामा लगानी गरेको खुलेको छ ।
घर जग्गा व्यावसायमा गत वर्षको असार महिनादेखि मन्दि आएपछि सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेको थिएन ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ०६ बजे