१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको काँठ बदलिदै (तस्विरहरु)



काठमाडौँ
१६ मंसिर । सहर बजारदेखि बाहिरको गाउँ बस्तीलाई काँठ क्षेत्रको रूपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलीचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि ।

काठमाडौं दक्षिणकाली १ को परम्परागत बस्तीमा बनाइएको आधुनिक घर ।

काठमाडौँ उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो ।

काठमाडौ दक्षिणकाली नगरको बोसनडाँडा । पछिल्लो समय काँठ पाखा भित्तामा बाटो पु¥याइएको छ । होटल रिर्सोट खुलेक छन् ।

काँठको जनजीवनमा आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौँ उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरू सहर भन्ने गर्दथे । आफ्नो घरगाउँबाट काठमाडौँको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरू सहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरू उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा सहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रूपमा रहन सकिरहेको छैन ।

ललितपुरको फर्सीडोल र काठमाडौं फपिङ जोड्ने सडक । काँठ क्षेत्रमा कच्ची सडक मनग्गे बनेका छन् । स्तरोन्नती हुन सकेको छैन ।
बुंगमतीमा परम्परागत ढंगले डोको बोकेर खेतबाट घर फर्कदै । नेवारी समुदायले परम्परागत भेषभुसा परिवर्तन भएको पाइन्छ ।
डुकुछापमा टनेलखेती । काँठमा पछिल्लो समय परम्परागत खेती प्रणाली छोडेर टनेलमा खेती भइरहेको छ ।
ललितपुरको झरुवाराशीका ईटा भट्टा । काँठ क्षेत्रमा सञ्चालित भट्टाका कारण प्रदुषण बढ्दो छ ।
काठमाडौंको बोसनडाँडामा आधुनिक घर र बाँजो बारी । काँठका बस्तीमा किसानले बाँजो खेत र बारी राखेको धेरै भेट्न सकिन्छ ।
ललितपुरको लामाटार भक्तपुरको गुण्डुलगायतको फाँट । शहरका फाँट बस्तीले भरिने अवस्थामा आएको छ ।
ललितपुरको कोटडाँडाको पाखोमा जग्गा प्लटिङ । घरजग्गा किनबेच बढ्दै गएपछि भित्ता पाखोका जग्गा बिक्रि भएको छ ।
टौदह नजिकैको एक बस्ती । काँठका खाली जमिनमा यस्ता प्लटिङ पैशस्तै भेटिन्छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ०१ बजे