१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बालाचर्तुदशी : पशुपतिनाथमा छैन भीडभाड (तस्विरहरु)



ललितखबर
२४ मंसिर । हरेक बर्ष मंसिर कृष्ण चर्तुदशीमा देशभरका शिवालयमा दिवांगत पितृको सम्झना दिप प्रज्वलन गरिन्छ ।


रातभर जागाराम बसेर भक्तजनहरुले राजधानीका १०८ शिवलिङ्ग रहेका तीर्थस्थल कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायत मन्दिरपरिसरमा सदबीज छर्ने चलन छ ।
बाला चर्तुदशी पर्व पछिल्ला समय राजधानीका अन्यः धेरै शिवालयहरुमा चनाउने चलन भएसँगै यो बर्ष पशुपतिनाथ मन्दिरमा खासै भीड नभएको आगन्तुकहरु बताउछन् ।


राजधानीका शिवालयहरुमा स्थानीय निकायहरुले व्यवस्थित गरिदिने र धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीयहरुको जागरणका कारण धेरै शिवालयहरुमा केही बर्षदेखि वालाचर्तुदशी र शिवरात्री, साउने सोमबारजस्ता अवसरहरुमा मेला लगाउने क्रम बढेको छ ।

राजधानीका अन्य मन्दिरहरुमा पण्डाल र त्रिपाल बनाएर भक्तजनलाई स्वागत गर्ने क्रम बढेको भक्तजनहरु ब्ताउछन् ।

 

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : १२ बजे