२६ मंसिर । गुणस्तरहिन दुग्ध पदार्थमा लेबल उल्लेख नगरी दूध बिक्री गर्ने एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । उपभोक्ता संरक्षण ऐनअनुसार उक्त डेरीले पेय पदार्थ दूधमा अनिवार्य रूपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख नगरेको र लेबलबिनाकै बजार पठाउन लागेको दूधलाई नष्ट गरेको विभागले जनाएको छ ।








प्रतिक्रिया