१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेन र मैले काम गर्ने स्टाइल एउटै, म अझै कडा: हर्क साम्पाङ



२७ मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँका महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर भादगाउँले टोपी लगाइदिएका छन्।

प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्। शाह अधिकांश समय यस्तै टोपीमा सजिएका हुन्छन्।

त्यसैगरी मेयर शाहले साम्पाङलाई शान्तिको प्रतीक बुद्धको प्रतिमा उपहार दिए। हँसिलो माहौलमा दुई मेयरबिच भएको सौहार्दपूर्ण भेटलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। काम गर्ने शैलीका कारण आ–आफ्नो क्षेत्रमा चर्चित यी दुई मेयरको भेटपछि सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएका छन्।

‘बालेन हर्कको जोडी सधैँ कायम रहोस्,’ सामाजिक सञ्जालमा प्रवेश विष्टले लेखेका छन्, ‘यी दुवै आशाका किरण हुन्।’

‘बालेन र मेरो काम गर्ने स्टाइल एउटै हो,’ भेटपछिको एक अन्तर्वार्ता साम्पाङले मुस्कुराउँदै भने, ‘अझै म कडा !।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।