२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


नेपालको आकाशबाट पनि देखियो उल्का बर्षाको अद्भुत दृश्य



२९ मंसिर । नेपालको आकाशबाट पनि उल्का बर्षाको अद्भुत दृश्य देखिएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)ले नेपालको आकाशबाट उल्का बर्षाको अद्भुत दृश्य रहेको तस्विर सार्वजनिक गर्दै आगामी पुस १ गतेसम्म यो दृश्य हेर्न सकिने जानकारी दिएको छ ।
नासोले गत मंसिर १८ गतेबाट सुरु भएको उल्का बर्षा घण्टामा १ सय ५० वटासम्म हेर्न पाइने बताएको थियो । यति धेरै उल्का बर्षा हुने दृश्य शताब्दिकै दुर्लभ र अद्भुत हुने नासोको भनाई छ ।
नगरकोट नजिकैबाट ओशन  कट्टेलले कैद गरेको तस्विर सार्वजनिक गर्दै नासोले उपलव्ध तस्विर पठाउन सर्वसाधारणलाई सूचित गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ५४ बजे