१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बस्दै आएका ५० वर्षीय तामाङ ठगी आरोपमा पक्राउ



२९ मंसिर । ग्रीस पठाउने नाममा करिब १४ लाख रुपैयाँ ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगेर फरार भएका होमबहादुर तामाङलाई पक्राउ गरेको हो।
गोरखाको पालुङटार नगरपालिका–९ घर भइ ललितपुर बस्दै आएका ५० वर्षीय तामाङले वैदेशिक रोजगारीमा ग्रीस पठाउने १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए।
उनले लक्ष्मण सापकोटासहित दुई जनालाई ग्रीस पठाइदिन्छु भन्दै रकम लिएर ठगी गरेका थिए। ग्रीस जान १० लाख ५० हजार लाग्छ र मासिक कमाई १ लाख १५ हजार रुपैयाँ हुन्दै उनीहरुबाट पटक पटक गरी तामाङले १३ लाख ८४ हजार रुपैयाँ लिएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए। पक्राउ परेका तामाङलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।