काठमाडौं
२९ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटाएर पठाएपछि निगमले तीनै बस्तुको समान ३ रुपैयाँ मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको लिटरको १ सय ६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १ सय ५७ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया