१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (तस्विरहरु)



काठमाडौँ 
३० मंसिर । आजकल शहरको जुनसुकै ठाँउमा जाउ त्यहाँ पर्यावरण र वातावरणको विनास गरेर विकाश निर्माण भइरहेको पाइन्छ ।
हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन ।

नख्खु करिडोर निर्माणपछि कुलोमा परिणत खोला ।

विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । यसै कारण जलवायु परिवर्तनको असर देखिन थालेको छ ।

देविचौर बन क्षेत्रमा अबैध खानीले ढुंगा उत्खनन गरेपछि ।

वातावरण विनासकै कारण संसारको तापक्रम बढ्न सुरु भइसक्यो । यस्तै अवस्था रहे केही दशकमा मानिसको जीवनयापनमा कठीन हुने र शताव्दीभित्रमै संसारका धेरै जीवहरु लोप हुने खतरा बढेको छ ।

चापागाँउमा डाँडा भत्काएर प्लटिङ गरिदै

पृथ्वीको जीवहरुको लोप भएसँगै मानव जीवनको अस्तित्व समेत खतरा पर्ने आकलन गरिएको छ ।

धुलिखेलमा पहाड खोतल्दै डोजर ।
धोविखोलाको प्रदुषण ।
बडिखेलको जग्गा प्लटिङ र बर्षे झरिपछि पहिरो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ०७ बजे