१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी नगरले कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताका लागि १५ लाख दिने



काठमाडौँ
३ पुस । ललितपुरमा आयोजना हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको लागि गोदावरी नगरपालिकाले १५ लाख रुपैयाँ दिने भएको छ ।
नेपाल सितोरियो कराते सङ्घ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा आगामी माघ १८ गतेदेखि सातदोबाटोस्थित कराते हलमा हुने  कार्यक्रमका लागि गोदावरी नगरपालिकाले १५ लाख रुपैयाँ प्रायोजनका लागि दिने भएको हो ।
डोजोका अध्यक्ष दीपक श्रेष्ठ र र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले १५ लाख नगद दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा देशभरका सातै प्रदेश तथा तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) गरी १० टोलीका दुई सय १० खेलाडीको सहभागिता रहने डोजोका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रत्येक टोली २१ खेलाडी सहभागी गराउन पाउनेछन् । एकल र टिम कातासहित पुरुषतर्फ नौ र महिलातर्फ आठ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा टिम च्याम्पियनले रु एक लाख तथा उपविजेताले रु ५० हजार तथा  पुरुष÷महिलातर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । आयोजक र गोदवारी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेस्रो संस्करणका लागि पनि आजै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजकका

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ४४ बजे