५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्सालमा कार्यरत प्रहरीका सई सिपाडोलस्थित आफ्नै घरमा मृत फेला



८ पुस । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका छन्। ४४ वर्षीय उपाध्याय आज बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार उपाध्याय आफ्नै घरको तेस्रो तलाको कोठामा मृत फेला परेका हुन्। सई उपाध्यायको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर ढुंगानाले बताए।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।