२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राजधानीको भृकुटी मण्डपमा घर जग्गा व्यापार मेला



 काठमाडौं

१० पुस । राजधानीको भृकुटीमण्डपमा मेला लाग्ने भएको छ ।
नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा आयोजना हुने भएको हो ।
मेलामा विभिन्न हाउजिङ कम्पनीसँगै इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट कम्पनीहरुले सहभागिता जनाउदै छन् ।
मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा समेत राखिदै छ ।
कोरोना संक्रमणपछि सुरु भएको आर्थिक मन्दीपछि अहिले घर जग्गा कारोबार ठप्पप्राय छ ।
मन्दीका कारण घर जग्गाको किनबेच नहुँदा आर्थिक क्षेत्रमा समस्या छ । धेरै वितीय संस्थाले जग्गामा लगानी गर्दा अर्थतन्त्र नै धरापमा पर्ने खतरा छ ।
मेलापछि यस व्यवसायमा थप सहजता आउन मद्दत पुग्ने आयोजकले विस्वास लिएको छ ।
गतविहीबार ललितपुरमा भएको प्रपट्री एक्सोेमा एकै दिन ५० करोड बराबरको कारोबार भएको थियो ।

 

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ११ बजे