९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन



१० पुस । पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन्।

विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिलाई उनले निर्देशन दिएका हुन्। गत चैतमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तर बाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन्। पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नीतिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।