१६ पुस । सत्ता गठबन्धन दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायतका नेताहरुले निषेधित क्षेत्रमा जान खोजेपछि पक्राउ परेका छन् । प्रहरीले माइतीघरमा प्रर्दशन क्रममा जनमत पार्टीका अध्यक्ष डा. राउतसहित जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।
जनवरी १ तारिकका दिन पारेर धोती दिवस मनाउन भन्दै अध्यक्ष डा. राउत दलबलसहित सडकमा निस्किएका थिए ।
उनलाई पक्राउ गरी पुलिस क्लबमा राखिएको छ । प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेश गरेकाले नियन्त्रणमा लिइएको हो ।
अंग्रेजी नयाँबर्षको पहिलो दिन नेपाली पोशाक विदेशी पोशाकको आर्कषणका कारण ओझेल पर्दै गएको भन्दै केही बर्षदेखि टोपी थालिएको थियो । टोपि दिवस मनाउन सुरु भएपछि मधेसका नेता तथा युवाहरु धोति दिवस मनाउन सडकमा उत्रन थालेका छन् ।
माइती घरमा धोती लगाएर प्रर्दशनमा उत्रेका युवाहरुले प्रहरीमाथि बल प्रयोग गरेर निषेधित क्षेत्रतर्फ अघि बढेका थिए । सही क्रममा प्रहरीले पक्राउ गरेर गाडीमा राखेको थियो ।
सरकारले उद्यमी दुर्गा प्रसाईको आन्दोलनका क्रममा केही समयअघि माइतीघरमा ६ महिनासम्म प्रर्दशनलगायत क्रियाकलाप नदिन निषेधित क्षेत्र घोषणा गरेको थियो ।








प्रतिक्रिया