१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमै एक किलोको १० हजार रुपैयाँमा बिक्छ च्याउ



ललितखबर
१७ पुस । तपाई च्याउ खानुहुन्छ ? एक केजीको कति पैसा तिरेर किन्नुहुन्छ ? तीन सय, पाँच सय वा एक हजार ?
तर पछिल्लो समय नेपालमा दश हजार प्रतिकिलो दरमा च्याउ किनबेच हुने गरेको रहस्य खुलेको छ ।
मस्रुम सिड नेपाल रिसर्च सेन्टरका व्यवस्थापक सुनिल श्रेष्ठ ग्यानोड्रो(रातो च्याउ) नेपाली बजारमा १० हजारमा बिक्रि हुने गरेको बताउछन् ।
उनी यो च्याउ काठमाडौंभित्र महिनाको तीनदेखि चार किलोग्राम च्याउ बिक्रि हुने गरेको बताउछन् । उनी भन्छन्, ‘हामीले अनुसन्धानका लागि उत्पादन गरिरहेका छौं । ६० ग्रामको धुलो बनाएर प्रति ६० ग्राम १ हजार २ सय रुपैयाँमा हामीले बिक्रि गरिरहेका छौं । नेपालमा व्यावसायिक उत्पादक भएको थाहा छैन ।’
रातो च्याउ हल्का तितो हुन्छ । यो च्याउ तरकारीको रुपमा खाने गरिदैन । च्याउ चियाको रुपमा सेव नगरिने र औषधिको रुपमा प्रयोग हुने गरेको छ ।
च्याउ महँगो लागेपनि उपयोगिता र गुणको हिसावले खासै महँगो नरहेको व्यवस्थापक श्रेष्ठ दाबी गर्छन् । भन्छन्, ‘हामी धुलोलाई चियाको रुपमा खाँदा एक कपको १५ रुपैयाँ मात्रै पर्छ । यो दुधभन्दा सस्तो हो ।’
यो च्याउमा क्यानसरसँग लड्ने क्षमता भएकाले स्वास्थ्यको हेरचाह गर्ने ग्राहक नयाँ ठिमीको रिसर्च सेन्टरसम्मै पुगेर किन्न आउने श्रेष्ठको भनाई छ ।
श्रेष्ठका अनुसार च्याउ मुटु रोग रोक्न सहयोग गर्ने,सुगर प्रेसरलगायत रोगका लागि फाइने पुग्छ ।
भक्तपुरको नयाँ ठिमीमा रहेको रिसर्च सेन्टरमा यो च्याउ किन्न पाइने व्यवस्थापक श्रेष्ठ बताउछन् ।
च्याउको बजारीकरण नहुदा धेरै उत्पादन नगरिएको छैन ।
च्याउ नरम काठको धुलोमा उमिरिन्छ । कटुस,सिमल र उतिसको धुलो जमाएपछि त्यहाँ खोपेर विउ राखिन्छ । ३ महिनामा च्याउ फल्छ ।
पछिल्लो समय खाने च्याउमा सिताग्ग महँगो पर्छ भने जडिबुटीका लागि ग्यानोड्रोमा महँगोमा बिक्रि हुने गरेको छ ।
नेपालमा गाब्रे,कन्य,सिताग्गे, टर्कीतेल,राजा र व्याक पल, ग्यानोड्रा लगायत च्याउ बिक्रि भइरहेको छ ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : १६ बजे