ललितखबर
१८ पुस । भर्खरै गायक यशकुमारले प्रशारणमा ल्याएको गीति नाटक ‘तिमी छौं र त’ मा अपाच्य शव्द भएको भएको खुलेको छ ।
नाटकको संवादको क्रममा पात्रहरुले ‘मु..’, ‘जा..’, जा…’ मुतजस्ता अश्लिल झैं लाग्ने अपाच्य शव्द प्रयोग गरिएको छ । मंगलबार राजधानीमा प्रिमियर गरिएको सो गिती नाटक हेरेपछि सहभागी, कलाकार पत्रकार र शुभेच्छुकले अनौठो मानेको बुझिन्थ्यो ।
कार्यक्रममा अपाच्य शव्द प्रयोग गरिएको कारण गीति नाटकमा समस्या रहेको विषय सञ्चारकर्मीहरुले सुझाएका थिए । तर गायक यशकुमारले समुदायमा जिवित रहेका शव्दहरु जस्ताको तस्तै राखेर श्र्रजनालाई जिवन्त बनाएको तर्क गरे ।
गायक यशकुमारले गीति नाटकको ट्रेलरमा राखिएको बाहुन शव्दलाई आफूले नाटकमा सम्पादन गरेर साम्प्रदायिक भावनाको कदर गरेको स्प्रष्टिकरण दिए ।
पछिल्लो समय चलचित्र जारीमा यस्तै समाजमा भएका कुरा राखिएको उनको भनाई थियो । हलिउड र बलिउडमा यस्ता अर्गानिक शव्द राख्ने चलन बढेको गायक यशकुमार बताए ।
उनले राम्रो गीति नाटक बनाउने क्रममा गल्ती भएको भए माफी दिन समेत आग्रह गरे ।
नेपाली चलचित्रको सेन्सर गरेर प्रशारण अनुमती दिइने गरिएको भए पनि अहिलेसम्म गीत संगीतको सेन्सर गर्नु पर्ने कानूनले व्यवस्था गरेको छैन।
प्रतिक्रिया