ललितखबर
२१ पुस । दक्षिण ललितपुर विद्युत सहकारी संस्थाको अध्यक्षमा गोविन्द प्रसाद बजगाई विजयी भएका छन् ।
आज ललितपुरको चापागाउमा भएको निर्वाचनका क्रममा बजगाईले निकटम् प्रतिश्पर्धी भिमसेन आचार्यलाई २ सय ७८ मतले पछि पारेर विजयी भएका हुन् ।
निर्वाचन समितीका अनुसार विजयी बजगाईले ९ सय ४१ र निकटम प्रतिश्पर्धी ६ सय ६३ मत पाए । बजगाँई विजयी भएसँगै संस्थाको तेश्रो कार्यकालको जिम्मेवारी पाएका छन् ।
निर्वाचनपछि १ हजार ६ सय ३५ मत खसेको थियो । भने मत बदर भएको थियो । ६१ मत भने बदर भएको थियो ।
संस्थाको अध्यक्षका लागि नेकपा माओवादी निकट भिमसेन आचार्य र नेकपा एमाले निकट गोविन्दप्रसाद बजगाँई उम्मेदवार कायम रहेपछि निर्वाचन भइएको हो ।
५ हजार ४ सय मतदाता रहेको सहकारीको निर्वाचन स्थलमा कुनै राजनीतिक दलको भन्दा कम चहल पहल थिएन ।
पछिल्लो समयसम्म एमाले निकट हरिप्रसाद न्यौपानेले समेत अध्यक्षको दावी गरेको सन्दर्भमा अन्तिम समयमा उनलाई लेखा समिती संयोजक बनाएर उम्मेदवार बनाएसँगै आज दुई उम्मेदवार बजगाँई र आचार्य निर्वाचनमा होमिएका थिए ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम, महाँकाल, वागमती गाँउपालिका संगै गोदावरी नगरपालिकाको वडा नं. ७ देचिौरका बासिन्दाले यस सहकारीको व्यवस्थापनमा विद्युत प्रयोग गर्दै आएका छन् । करिव ८ हजार उपभोक्ता रहेको अवस्थामा सहकारीका सदस्य भने ५ हजार ४ सय रहेको सहकारीले जानकारी दिएको छ ।
प्रतिक्रिया