९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरी नगरपालिकाकी सबइन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा



२२ पुस । अख्तियारको टोलीबाट घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

चन्द्रागिरी नगरपालिका-१४ वडा कार्यालयमा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग २५ हजार घुस लिएको आरोप अख्तियारले लगाएको छ। अख्तियारले उनलाई ‘स्टिङ अपरेशन’ का क्रममा समातेको थियो।

पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५ ढ अनुरुप कारबाही र सजायको माग दाबी गरिएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।