२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा



२४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर (करार) टिकाराज राईसमेत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सव-इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

अख्तियारले सव-इन्जिनियर राईलाई सेवाग्राहीबाट घुस लिइसकेको अस्थामा घुस रकमसहित गत मंसिर १४ गते नियन्त्रणमा लिएको थियो । उनीहरुविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी जरिवानासहित कैद सजायको माग गरेर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।