२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


समयमै दूधको पैसा भुक्तानी नदिएको भन्दै पत्रकार सम्मेलन गरेरै किसानले मागे गुहार



 

भरतपुर (चितवन)
२६ पुस । दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आएको भन्दै चितवनका पत्रकार सम्मेलन गरेर गुहार मागेका छन् ।
उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए ।

सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिलहुँदै गएको बताए । “न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ”, उनले भने, “हामी चेपुवामा परेका छौँ ।” आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।