१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चित्रा’ : बाबु छोरीको कथामा अल्झेको अल्छीलाग्दो चलचित्र



ललितखबर
१ माघ । चलचित्र दुई कदम प्रर्दशन भएको करिव एक महिनापछि राजधानीलगायत देशभरका हलहरुमा चलचित्र ‘चित्रा’ र ‘पर्खी बसे तिमीलाई’ प्रर्दशन भएको छ । हिन्दी चलचित्र ‘पठान’ र ‘एनिमल’ प्रर्दशन भइरहेको समयमा नेपाली चलचित्र भवनमा कुनै नयाँ नेपाली चलचित्र प्रर्दशन भएनन् ।
लामो समयपछि प्रर्दशन भएका यी दुई मध्ये हामी चलचित्र ‘चित्रा’को चर्चा गर्नेछौं । नयाँ खाले कथामा निर्माण गरिएको निर्माता निर्देशकको दाबीपछि केही दर्शकको चासो छ ।
चलचित्रमा डेव्यु गरेका अभिनेता सन्तोष अधिकारी र सिम्रन खड्कालाई केन्द्र भागमा राखेर चलचित्र बनाइएको छ । अन्य कलाकारहरु अतिथी भूमिकामा सिमित छन् । बाबु छोरीको कथामा अल्झेका चलचित्र ‘चित्रा’ अल्छीलाग्दो चलचित्र बनेको छ ।
चलचित्रमा मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरेको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेलको अभिनय हेर्न सकिन्छ ।
अभिनेत्री सुभेच्क्षा खड्काको पुरानै ढर्राको अभिनय चलचित्रमा हेर्न पाइन्छ । खड्काले आफ्नो अरु चलचित्रको जस्तै रंगढंग र चरित्र उतारेर यस चलचित्रमा अभिनय गरेकी छिन् । उनले बोल्ने संवादको शैली र हास्ने हाँसो मात्रै होइन, उनले लगाएको साडी र कुर्था पनि दुरुस्तै देखिन्छिन् । उनको अभिनयमा नयाँपन छैन ।
नाटकमा स्पापित कलाकार प्रमोद अग्रहरी चलचित्र ‘चित्रा’मा खलनायकको रुपमा पर्दामा देखिन्छन् । उनको भूमिका छोटो छ । प्रमोद अग्रहरी गाँजा खाने व्यक्ति ‘गजडी’ भएर चलचित्रमा उतारिएको छ । उनले द्वन्द्वका दृश्य बाहेक चलचित्रमा कुनै जादु देखाउने भूमिका नै दिइएको छैन । जे गरेका छन् त्यो दर्शकको मन जित्ने किसिमको छ । उनले निभाएको दोहोरो भूमिकाका कारण चलचित्रको कथालाई बुझ्न अलमल र कठीन हुन्छ । ‘अघिल्लो श्रृखलामा मरिसकेको यो मान्छे किन आयो ?’ भन्ने प्रश्न दर्शकलाई पर्छ ।
चलचित्र क्षेत्रका उदयमान नयाँ कलाकार अर्पण थापालाई चलचित्रमा मध्यान्तरपछि उतारिएको छ । उनी चलचित्रमा आए अनि गए कुनै नौलो चमत्कार गरेका छैनन् । उनको दोहोरो भूमिका त नाम मात्रको छ । उनको कलाकारिता चलचित्रमा खपतका लागि मात्रै प्रयोग गरिएको छ ।
नेपाली चलचित्रमा राम्रो अभिनय गरेर वाहवाही बटुलेकी अभिनेत्री मेनुका प्रधानको अभिनय पनि कलाकारिताको ‘जागिर खानका लागि’ मानै सिमित भएको छ । उनले न आफ्नो कला देखाउने ठाँउ पाएकी छिन् न दमदार भूमिका नै दिइएको छ । उनलाई एउटा विचरी पात्रमा निर्देशक लामिछानेले कामचलाउ अभिनय गराएका छन् ।
वालकलाकार आयुषी ढकालले बोल्ने संवाद राम्रोसँग बोल्न समेत सकेकी छैनन् । उनले संवाद घोकेपछि अड्की अड्की बोलेको चलचित्रमा सुनिन्छ ।
अभिनेत्री सिम्रन खड्का चलचित्रको हरेकजसो दृश्यमा छाएकी छिन् । चलचित्रको शिर्षपात्रमा रहेर उनले आफ्नो कुशल अभिनय शिल्प पस्केकी छिन् । समग्रमा उनको अभिनय दमदार लागेपछि उमेर बढ्दै जाँदा उनको अभिनय शैली फरक हुनुपर्ने हो, त्यो फरकपना उनले देखाएकी छैनन् ।
चलचित्रमा डेव्यु अभिनेता सन्तोष अधिकारीलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरेको छनक दिने गरि भुमिका निभाएका छन् । चलचित्रको कथा उनकै वरपर घुमेको छ । उनको अभिनयकला औषत लाग्छ । उनकै अनुहार मात्रै चलचित्रभरि हेर्दा दर्शकलाई उदेक लाग्छ ।
कलाकार प्रकाश घिमिरे, आयुषी र अञ्जना बराइलीको भूमिका पनि नगन्य नै छ ।
चलचित्रमा द्वन्द्वका डरलाग्दा दृश्य छन् । हत्या हिंसाले जिउ नै सिरिङ्ग हुन्छ । द्वन्द्वका दृश्य हेर्दा नायकलाई क्रूर पात्रको रुपमा देखाइएको छ । जुन हेरेर दर्शकले असझिलो महसुस गर्छन् ।
चलचित्रमा कथा सलल बगेको छैन । कथा वाईवाई चाउचाउ जस्तै घुमेको छ । चलचित्रभित्र धेरै पात्र टुप्लुक्क आउछन्, जाँछन् । रुचिकर छैनन् । चलचित्रको कथा छिटो छिटो अघि बढेको छ । चलचित्रले फगत बाबुछोरीको मायाँ देखाउछ । सहारा देखाउँछ ।
एक वालिकाको मनोदशा चलचित्र ‘चित्रा’मा सुरुवात गरेर निर्देशक घनश्याम लामिछानेले परिवारभित्रको उथलपुथललाई पर्दामा उतारेका छन् ।
चलचित्रको अन्त्यमा सबै पात्र अलपत्र पारेर छोडिएको छ । निर्देशकले चलचित्रको सिक्वेल बनाउने लोभमा चलचित्रको कथालाई अन्याय गरेको भान हुन्छ । चलचित्र हेरेपछि दर्शले नमज्जा अनुभव गर्छन् ।
चलचित्रको दृश्य भाषामा फरकपन भेटिदैन । संवादहरुमा मिठास छैन । पार्श संगीत पनि रुचिकर लाग्दैन ।
चलचित्रलाई दर्शकले खासै महत्व नदिएको युट्युवमा ट्रेलर हेर्ने दर्शक संख्या नौ दिनमा ८६ हजारले मात्रै पुगेकोबाट गर्न सकिने आधार छ ।
निर्देशकले दर्शकको मुटु नछामी चलचित्र निर्माण गरेको भान हुन्छ ।
यद्यपी धेरै कमी र कमजोरीका बीच चलचित्रमा केही राम्रा कुरा पनि मिसिएका छन् । चलचित्रले केही फरक कथा बोकेर ल्याएको छ । नेपाली चलचित्रमा द्वन्द्वका नयाँ दृश्यहरु पस्केको छ । जुन दर्शकका लागि नयाँ हुनसक्छ ।
नयाँ कथा पारिवारिक द्वन्द्वपछिको सन्देस र कलात्मक फाइटलगायतका दृश्यले चलचित्रलाई रोचक नै बनाएको छ । थुप्रै कमी कमजोरीकाबीच चलचित्र हेर्ने दर्शकले सिमित मनोरञ्जन पाउछन् । उत्कृष्ट चलचित्र नबनिरहेको यो समयमा यतिको चलचित्र हेर्न लायक नै मान्नु पर्छ । चलचित्र औषत बनेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : २४ बजे