२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गायिका एलिना चौहानले लगाइन् पत्रकारले मानसिक पिडा दिएको आरोप



९ माघ । गायिका एलिना चौहानले आफ्नो विषयमा अनुमतीबिना नै समाचार बनाएर मानसिक रुपमा पिडा दिएको भन्दै नेपाली पत्रकारहरुमाथि गम्भिर आरोप लगाएकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ? के कसैलाई मैले बनाउन लगाएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि ईच्छाबिना समाचार बनाएको भन्दै गायिका चौहानले दुखेसो पोखेकी हुन् । उनले देशलाई नै घत पु¥यााउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाएको आरोप लगाएकी छिन् । आफ्नो पुराना टिकटमा रुएर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाएको उनको दुखेको छ ।
उनले सञ्चार माध्यमलाई आरोप लगाउदै ’थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ’ ‘मानवता र संवेदनशिल्ता त राख्नु पर्छ भन्दै आक्रोस पोखेकी छिन् ।

यस्तो कुरा बाहिर ल्याउनु थियो भने आफै सहि समयमा ल्याउने यसरीे खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु नपर्ने उनकोृ भनाई छ ।
यो पत्रकारीताको धर्मले आफूलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ ? भन्दै उनले प्रश्न गरेकी छिन् ।
सस्तो लोकप्रियता र केहि डलर लागि आफूलाई पत्रकारहरुले गहिरो चोट दिएको उनको आरोप छ ।
खोजी पत्रकारीताले आफूले भोगेका दुःख, पिडा, अपमान नदेखेको कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ भन्दै उनले प्रश्न उठाएकी छिन् ।
उनले पोखराको एक कार्यक्रममा आफूलाई संगीत क्षेत्रको अभिभावकले बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनिएको नत्र उनीहरुले चाहेसम्म गाएको गाएकै गर्न निर्देश गरिएको उनको आरोप छ ।
त्यसपछि अर्को कार्यक्रममा सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर आफूलाई दव्र्यावहार गर्ने खोजेको र आफूले त्यसको तुरुन्त प्रतिकार गरेको उनको भनाई छ । यस्तो हर्कत आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने तर पत्रकारहरुले कलम नचलाएको उनको आरोप छ ।
आफूले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुले पनि यसरी मानसिक पिडा दिएको उनको दुखेसो छ ।
उनले आफू समाचारको हेडलाईन बन्न तयार नभएको र त्यो आफ्नो ईच्छाबिरुद्ध रहेको भन्दै गायिका चौहानले खेद प्रकट गरेकी छिन् ।

केही समयअघि गायिका चौहान र एक यवकबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध विग्रेको समाचारहरु विभिन्न सञ्चार माधइमहरुले प्रकाशन गरेपछि गायिका चौहान रुष्ट बनेकी हुन् ।
सञ्चारमाध्ययहरुमा कलाकारहरुको व्यक्तिगत जीवनका विभिन्न गसिप बनाउने गरिए पनि समय समयमा सेलिब्रेटीहरुले असन्तुष्टि जनाउने संसारभर नै प्रचलन छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ४० बजे