१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात, किसान र होटल व्यवसायी खुसी



मकवानपुर
१८ माघ । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा आज साँझ हिमपात भएको छ ।
दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् ।
इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिएका छन् । राति थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनको भनाइ छ ।
दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हँुदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि  बढ्दै गएको छ ।
यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको  चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : ५३ बजे