६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पैदल मार्गमा बिछ्याइने मल्टिकलर ब्लकको क्षमता ३५ मेट्रिक टन प्रति स्क्वायर मिटर



१९ माघ । प्रदर्शनी मार्गको पैदल ट्रयाकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक बिछ्याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदैछ ।

महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण कार्यको अनुगमन गरेको छ । यस क्रममा वेसको मोटाइ नापिएको थियो । यहाँ राख्न ल्याइएका ब्लकहरुको परीक्षणका लागि नमूना संकलन गरिएको थियो ।
‘पूर्वाधार निर्माणका विभिन्न चरणमा अनुगमन गरेर मापदण्ड ठगी हुनबाट जोगाउँछौँ । निर्माण पक्षलाई इमान्दार भएर काम गर्ने संस्कृतिको विकास गराउँछौँ ।’ कामको अनुगमन गर्दै समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘गएको बर्ष राखिएका ब्लक फुटेको, उप्किएको, भासिएको गुनासो आइरहेको छ । अब सम्पन्न योजनाको अनुगमन गर्नेछौँ ।’

यो सडक खण्ड निर्माणको लागत २ करोड ९८ लाख ४३ हजार रुपैयाँ थियो । ०७९/०८० मा बोलपत्र आव्हान भएर २०८०/०८१ मा कार्यान्वयनमा आएको योजनाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर बाबुराम भट्टराईकाले भन्नुभयो, ‘पहिले सडक किनारा २ मिटरको थियो । किनारा र सडकका विचमा सतहको पानी बग्ने ठाउँ थियो । अहिले सतहको पानी बग्नका लागि ढल राखेर १ मिटर ठाउँ पैदल मार्गका लागि बढाइएको छ । पुरानो ब्लक राखिएको ठाउँमा बेस राख्नु पर्दैन । विस्तार गरिएको ठाउँमा बेस राखेर सतह मिलाइनेछ ।’

यो थप काम गर्न लागत रकममा वृद्धि भएर ३ करोड ८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो रकम र योजना स्वीकृत भइसकेको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।