६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ



१९ माघ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका बस्ने ६० वर्षीय मधुप्रसाद सिटौला समेत छन् ।

काठमाडौं महानगरपालिका–२६, रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७१० रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।