६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बलात्कार आरोपमा प्रहरीका पूर्वसई कलंकीबाट पक्राउ



२१ माघ । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।
ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।