७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अरुण चौधरीलाई दुई दिनभित्र रिहा गर्न जिल्ला अदालतको आदेश



२२ माघ । जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनभित्र रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
सोमबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानका लागि सहयोग गर्ने गरी कागज गराइ जमानीमा छाडी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अवैध तरिकाले आफ्नो नाममा बनाएको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै उनीसँगै पक्राउ परेका अरु दुई जनालाई पनि छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालतले चौधरीलगायतले हजारौंलाई रोजगारी दिएर अभिभावकत्व प्रदान गरेकाले हिरासत बाहिरै पनि उनीमाथि अनुसन्धान गर्न सकिने जिकिर गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।