९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा किशोरी बलत्कारको आरोपमा युवक पक्राउ



 

२५ माघ । राजधानीको भक्तपुरमा एक १७ वर्षीया किशोरीलाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई बलत्कारको आरोपमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ४० बजे