९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय



२९ माघ । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको जानकारी दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिएको बताएको छ ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।

‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र ९खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ र १२ र २ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ । ’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ११ बजे