१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको एक घरबाट ६० लाख बराबरको चोरी



२९ माघ । काठमाडौँको एक घरबाट आइतबार साँझ ६० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरमा सो चोरी भएको हो ।
घरमा कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रुपैयाँ गरी करिब ६० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।

यसैगरी काठमाडौँकै गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ५६ बजे