२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।

निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने हाल बढाइएको छैन।

निगमले १५ दिनअघि पनि भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : १७ बजे