१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कृषिमन्त्रीको राजीनामा माग्दै कृषकले सडकमा पोखे दूध



६ फागुन । चितवनका दूग्ध किसानहरुले कृषि मन्त्री बेदुराम भुसालको राजीनामा माग्दै सडकमा दूध पोखेका छन्। दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्।

भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध गरेका हुन्।

उनीहरूले कृषि मन्त्री भुसालविरुद्ध चर्को नारा लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने बताएका उनीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए।

चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले विरोधस्वरुप सांकेतिक रुपमा सडकमै दूध पोखेर विरोध जनाएका संघका अध्यक्ष किशोर बगालेले बताए।

उनले वर्तमान कृषिमन्त्री भुसाल अक्षम भइसकेको भन्दै किसानको समस्या समाधान गर्न नसक्ने भएपछि राजीनामा दिनुपर्ने बताए।

उनले दूध बिक्री तथा भुक्तानीको बेथितिविरुद्ध चरणबद्ध आन्दोलन गर्दै जाने बताए।

चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ। त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध काठमाडौँलगायतमा बिक्री हुँदै आइरहेको संघले जनाएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।