१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोमा‘माधव नारायण जात्रा’मनाइयो



९ फागुन । ललितपुर ठेचोमा माधव नारायण जात्रा मनाइएकाे छ । हरेक वर्ष हुने यो जात्रालाई निरन्तरता दिँदै बुधवार पनि त्यहाँ स्थानीयहरूले बढो हर्सोल्लासका साथ यो जात्रा मनाएका छन्।

माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत कथाका समयमा हुने गर्छ। यो ललितपुरको ठेचोबाहेक साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाइन्छ।

माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन विशेष झाँकीसहित जात्रा निकाल्ने चलन छ। यही क्रममा ललितपुर ठेचोका स्थानीयले विभिन्न रूप धारण गरेर आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : ३१ बजे