११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोरङमा भारतीय ट्रक पल्टिँदा तीन बालबालिकाको मृत्यु



११ फागुन । मोरङ बूढीगंगामा भारतीय ट्रक पल्टिँदा च्यापिएका चारमध्ये तीनजनाको ज्यान गएको छ। बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीनजनाको ज्यान गएको हो।

उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए। मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का छिमेकी रहेका छन्। ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका-४ की ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन्। उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन्।

उक्त घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो।

घटनामा आमाहरू ज्योति र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।