३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा एक युवकद्वारा पेट्रोल छर्केर आगो लगाउदै आत्मदाहको प्रयास



१८ फागुन । काठमाडौँ शिवपुरी राष्ट्रिय निकुञ्जमा एक युवकले आत्मदाहकाे प्रयास गरेका छन् । नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका विकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।
उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

दिउँसो साढे ३ बजेतिर घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली निकुञ्जमा पुगेको हो । ३० वर्षीय खड्का दाजुहरुसँग पुतलीसडकमा कन्सल्टेन्सी संचालन गर्छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।