६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाशिवरात्रिको सुरक्षार्थ पशुपतिमा चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने



२४ फागुन । महाशिवरात्रि पर्वको सुरक्षाका लागि चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने भएका छन्। शुक्रबारको शिवरात्री पर्वलाई ध्यानमा राखेर उपत्यका प्रहरी कार्यालय रानीपोखरीले यस्तो सुरक्षा योजना ल्याएको हो।

शिवरात्री पर्वमा कुनै आपराधिक गतिविधि नहोस भनेर प्रहरीले विशेष योजनासहित सुरक्षा सतर्कता अपनाएको छ। शिवरात्रिको विशेष सुरक्षाका लागि काठमाडौं प्रहरी परिसरका एसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने भएका हुन् । यसबाहेक उपचारका लागि एम्बुलेन्ससहित प्रहरी अस्पतालबाट चिकित्सक एम्बुलेन्ससहित खटिनेछन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।