१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कपनमा ४ रुपैयामै कपाल काट्न थालेपछि…



२ चैत्र । राजधानीको कपनस्थित एक सैलुनमा विहीबार ४ रुपैयाँमै युवाहरुले ग्राहकको कपाल काट्र बार्षिकोत्सव मनाएका छन् ।
मेकअप आर्टिस्ट बिक्रम गौतमले सञ्चालन गरेको यस बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले ४ रुपैयाँमा केश काटर चौथो वार्षिकोत्सव मनाएको हो ।
सैलुनमा दिभर कपाल काट्ने युवाहरुको घुइचो लागेको थियो ।
वार्षिकोत्सवको औपचारिक कायक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एंव शुभकामना व्यक्त गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा हरि निरौला ’कक्रोज’ले सञ्चालक गौतमको प्रशंसा गर्दै मेकअप आर्टिस्ट गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गरे ।
कार्यक्रममा कलाकार दीपक आचार्य ’काकु’, सागर लम्साल बले, सुबोध गौतम ’एकदुमे’, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।

सभापतित्वको रुपमा बोल्दै सञ्चालक बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपना कालदेखी हालसम्मको संघर्षको कुरा सुनाए । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।