१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करी प्रकणमा महरालाई मुद्दा चलाउन सिफारिस



२ चैत । सुन तस्करी प्रकणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। सुन तस्करीसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो।
आयोजकले छानविन प्रतिवेदन बिहीबार गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो भने गृहमन्त्रीले आज सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

महरा र उनका छोरा राहुल भेप मार्फत सुन तस्करी गरेको प्रकरणमा जोडिएका छन्। सो प्रकणमा राहुल पुर्पक्षका लागि थुनामै छन्। आयोगले महरासँग पनि बयान लिएको थियो।

आयोजले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुझाव दिएको छ। अधिकारीको सम्बन्ध सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग देखिएको थियो।

यस्तै, आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।