१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा सांसद मञ्जु शर्माको निधन



४ चैत । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन्। जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन्।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ४० बजे