१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेविसंघको विरोध प्रदर्शन



५ चैत । सुन तस्कर र सहकारी ठगहरुलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संंघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाइले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दाबाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दावाद लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ०८ बजे