१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुृर नक्कली नोट ‘कनेक्सन’ : थप २ लाख बढी रुपैयाँ बरामद



५ चैत । ललितपुरमा थप थप २ लाख बढी रुपैयाँ बरामद भएकाे छ । यसअघि गोदावरी नगरपालिका–३ स्थित टौखेल घर भएका ३७ वर्षीय करण प्रधानलाई प्रहरीले चैत १ मा नियन्त्रणमा लिएकाे थियो । उनको साथमा २० हजार नक्कली नोट फेला परेको थियो । २० हजार नक्कली नोटको ‘कनेक्सन’ खोज्दै ललितपुर प्रहरीले थप २ लाख ४ हजार ५ सय नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।

नक्कली नोट छाप्ने र कारोबार गर्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । पक्राउ पर्नेमा ललितपुरको टौखेल घर भएका करण प्रधान, काभ्रेको मण्डन देउपुर नगरपालिका–११ घर एका सञ्जय अधिकारी र बेथानचोक गाउँपालिका–३ घर भएका २५ वर्षीय सबिन हुमागाईं छन् ।

प्रधान र अधिकारी ललितपुरबाट पक्राउ परेका हुन् । काभ्रेको बनेपामा एच.एम मोबाइल केयर सञ्चालन गर्ने सबिन हुमागाईँले नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट थाहा भएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए । प्रहरीले मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्टर, ल्यापटप र नोट छाप्ने कागज बरामद गरेको छ । उनीहरू विरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ५५ बजे